मालश्री खबर, फागुन २३ गते रोल्पा
मोतियाविन्दु छनोट शिविर जवाङमा सम्पन्न भएको छ । एकदिने मोतियाविन्दु छोनोट शिविर रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ३ जवाङमा सम्पन्न भएको हो ।
मंगलबार निःशुल्क संचालन भएको शिविरमा ६७ जनाले आँखा जाच गराएका छन । ति मध्य २४ जनाले नजिकबाट देख्नको लागि चस्मा प्रयोग गर्नुपर्ने भएको छ ।
पुरुष ४ र महिला २ जना गरि जम्मा ६ जनाले मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ । मोतियाविन्दु शिविरमा छनोट भएका विरामीको चैत्र ३ र ४ गते प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शल्यक्रिया गरिने सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खडक भाटले जानकारी दिनुभएको छ ।
नेपाल आँखा कार्यक्रम ,तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, उपशाखा होलेरी को आयोजनामा र सम्बन्धित स्थानीय तहको समन्वयमा रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानमा यो शिविर संचालन भइरहको छ ।






प्रतिक्रिया दिनुहोस्