Ad image

सुनछहरी गाउँपालिकामा मावि तह स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

malashree
malashree १७ माघ २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर, माघ १७ गते पोबाङ रोल्पा ।

माध्यमिक तहका विद्यार्थीहरूका लागि प्रतिभा पहिचान कार्यक्रम सुनछहरी गाउँपालिकाको पोबाङमा सम्पन्न भएको छ । सुनछहरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना सञ्चालन भएको प्रतिभा पहिचान कार्यक्रम मंगलबार सम्पन्न भएको सुनछहरी गाउँपालिकाको सचिवालयले जनाएको छ ।

देविमन्दिर मा.वि. पोबाङमा भएको कार्यक्रममा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयबाट विद्यार्थीहरूको सहभागिता रहको थियो । प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत एकल गायन प्रतियोगिता, गजल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता लगाएतका कार्यक्रमहरू भएको शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।

प्रतियोगितामा गायन तर्फ प्रथम स्थान जनता मा.वि. बाहिरीगामका छात्र जनक पुनमगर, द्वितीय स्थान नेपाल राष्ट्रिय मा.वि. स्युरीका छात्रा मनिषा राना, तृतीय स्थान नेपाल राष्ट्रिय मा.वि. फगामका छात्रा अनिता झाक्री र सान्त्वना स्थान नमुना मा.वि. कसलाका छात्रा हुमसरा परियारले हासिल गरेका छन् ।

- Advertisement -
Ad image

गजल तर्फ प्रतियोगितामा प्रथम स्थान जनता मा.वि. बाहिरीगामका छात्रा रचना घर्तीमगर, द्वितीय स्थान नेपाल राष्ट्रिय मा.वि. फगामका छात्रा एसिया घर्तीमगर, जनता मा.वि. बाहिरीगामका छात्रा तृतीय स्थान छात्रा देविसरा घर्ती र सान्त्वना स्थान मेहलधारा मा.वि. जैमाका छात्र  दिपेश घर्तीले हासिल गरेका छन् ।

हाजिरीजवाफ प्रतियोगिता तर्फ प्रथम स्थान नेपाल राष्ट्रिय मा.वि. स्युरी, द्वितीय स्थान जनसेवा मा.वि. सेरम, तृतीय स्थान जनता मा.वि. बाहिरीगाम र सन्त्वना स्थान नमुना मा.वि. कसला त्यस्तै वक्तृत्वकला तर्फ प्रथम स्थान मेहलधारा मा.वि. जैमाका छात्रा दिनिशा रोका, द्वितीय स्थान नमुना मा.वि. कसलाका छात्रा सरिता बिक, तृतीय स्थान नेपाल राष्ट्रिय मा.बि. फगामका छात्रा बिर्मति पुनमगर र जनता मा.वि. बाहिरीगामका छात्रा सुमित्रा बिक सान्त्वना स्थान हासिल गरेका छन् ।

भने वादविवाद प्रतियोगिता तर्फ नेपाल राष्ट्रिय मा.वि. फगामका छात्र गणेश परियार प्रथम, नेपाल राष्ट्रिय मा.वि. स्युरीका छात्र लिलु परियार द्वितीय स्थान, नेपाल राष्ट्रिय मा.वि. फगामका छात्रा बिर्मति पुनमगर तृतीय स्थान र नेपाल राष्ट्रिय मा.वि. स्युरीमा छात्रा मनिशा रानाले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रतिनिधी रेग बहादुर पुन (रेशम सङ्गीत)ले  बताउनु भयो ।

समापन कार्यक्रमको प्रमुख अतिथि रहनुभएको नि. प्रशासकीय अधिकृत सुन बहादुर पुनमगरले प्रतियोगितामा स्थान हासिल गर्ने छात्रछात्रालाई बधाई तथा शुभकामना दिनु भयो ।

त्यसैगरी कार्यक्रमको अधक्ष्यता रहनुभएका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख इन्दु वेटवालले बधाई तथा शुभकामना दिदै यस तयारीले नपुगेको  अझै धेरै मेहेनत गर्नु पर्ने कुरा बताउनु भयो ।

कार्यक्रमको सञ्चालन देवि मन्दिर मा.वि. पोबाङका प्रधानाध्यापक जङ्ग मगरले गर्नु भएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्