Ad image

गंगादेवमा नौ महिना सम्म मोटर बाटो सुधार नभएपछि स्थानीयको आक्रोश

malashree
malashree १५ माघ २०८०, सोमबार
2 Min Read
Aa

भुवन के सी,
मालश्री खबर, माघ १५ गते रोल्पा
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ६ मा स्थानीय खर्क बहादुर वलीले सडक बाटो केही भागलाई भत्काएर घर बनाएपछि अबरुद्ध भएको बाटो अहिलेसम्म सुधार नभएपछि स्थानीयहरुको आक्रोश बढेको छ। वडा नम्बर ६ को ताप्ला बजार देखि झाजरखोला ,बल्ले, ओखरबोट ,गर्पा हुदै डल्सिनेटी ,न्याउलेखा सम्म पुग्ने मोटर बाटो रुटमा झाजरखोला र बल्ले गाउँको बिचमा पर्न सिमुने भन्ने ठाउँमा बाटो अबरुद्ध भएको ९ महिना पुग्दा सम्म पनि उक्त बाटो सुधार नभएपछि स्थानीयहरुको गुनासो बढेको हो।

स्थानीयले सडक बाटोमा पर्ने केही भाग तल झारेर घर निर्माण गरेको हुनाले यस्तो समस्या उत्पन्न भएको हो। उक्त ठाउँको बाटो सुधार गर्नेको लागि आफुले पटक (पटक पहल कदमी चालेको भएपनी उक्त बाटो सुधार गर्ने निकै अप्ठ्यारो रहेको वडा सदस्य सदस्य बिमल कुमार खड्काको भनाई छ।
उक्त ठाउँमा चटाङ कडा रहेको सानो मेसिनले काम गर्न नसकिने र ठुलो मेसिन सानो कामको लागि मात्रै नआउने भएकोले समस्या भएको यही महिनाको २० गतेपछि उक्त काम गर्ने बताउनु भएको छ।

स्थानीय जनताहरुको धेरै गुनासो भएको आफुले सोचे जस्तो काम गर्ने निकै चुनौती खेप्नुपरेको उनको भनाई रहेको छ । यता स्थानीयहरु जनताको भने वडा सरकार, पालिकाका सरकारका कुनै पनि जनप्रतिनिधिले यस बिषयमामा गम्भीर भएर नसोचेको गुनासो छ। पहिलेको सरकारले सुचारु गरेको मोटर बाटो अहिलेको सरकार अबरुद्ध बनाएको समेत आरोप लगाएका छन ।
अहिलेको स्थानीय सरकारले हामीले सोचे जस्तो कुनै पनि काम गर्न नसकेको उनिहरुको गुनासो छ। यस्तै अहिलेको सरकारले काम गर्ने नै भए मोटर बाटो नपुगेका वडा नम्बर ६ का अमर सत्य प्रथामिक बिदयाल झुलाउने टाकुरा स्कुल ,न्याउलेखा, राटामाटा लगायतका अन्य अझै मोटर बाटो बिहिन गाउँमा मोटर बाटो पुर्याएर देखाउन चुनौती समेत दिएका छन ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्