मालश्री खबर, माघ १४ गते रोल्पा
सुनछहरी गाउँपालिकामा सास्कृतिक तथा श्रष्टा सम्मान महोत्सव आयोजना सञ्चालन हुने भएको छ । सुनछहरी गाउँपालिकाको आयोजनामा माघ २२ गते देखि २५ गते सम्म महोत्सव हुने भएको हो ।
“सुनौलो र सभ्य सुनछहरी, आत्मनिर्भर सुनछहरी” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको सुनछहरी गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ । मौलिक कला संस्कृतिको संरक्षण प्रवर्धन र विकासका लागि प्रथम सुनछहरी साँस्कृतिक महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
महोत्सवको अवसरमा मारुनि नाच प्रतियोगिता, सरङगे नाच प्रतियोगिता, मयुर नाच प्रतियोगिता, भूम्या नाच प्रतियोगिता, जोगि नाच प्रतियोगिता, पैसरु नाच प्रतियोगिता, पन्जेबाजा प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता र झाँकि नाच प्रतियोगिताको आयोजना गरिएको छ । कार्यक्रम सुनछहरी ५ पोबाङमा सञ्चालन गरिने छ ।





प्रतिक्रिया दिनुहोस्