मालश्री खबर, माघ १२ गते रोल्पा ।
रोल्पाको होलेरीमा निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर हुने भएको छ ।
चैत्र २ र ३ प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा तिलगंगा सर्जिकल आँखा केन्द्र, रोल्पाको आयोजना तथा रुन्टिगढी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा होलेरीको समन्वयमा निःशुुल्क शल्यक्रिया शिविर गरिने भएको हो ।
शल्यक्रिया शिविरमा आखाँ सम्बन्धी समस्या भएकाहरुले लाभ लिन सक्नेछन् । शल्यक्रिया शिविर प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा संचालन हुने सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खडक भाटले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्