मालश्री खबर, माघ १ गते सुलिचौर रोल्पा
सुनिलस्मृति गाउँपालिकाको गाउँ सभाको १५ औं अधिवेशन सप्पन्न भएको छ ।
सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हाे ।
गाउँ सभाले बार्षिक योजना तथा बजेट तर्जुमा दिगदर्शन २०८० र स्वास्थ्य सेवा विधेयक २०८० सर्वसम्मत पारित गरेको छ ।
गाउँपालिका उपाध्यक्ष मिना थापाले आर्थिक बर्ष २०८०/०८१ को ६ महिनामा गाउँपालिकामा भए गरेको बजेट संशोधन र रकामान्तरणको बारेमा विवरण प्रस्तुत गर्नु भएको थियो ।
सुनिलस्मृती गाउँपालिका वडा नम्बर ८ वडा अध्यक्ष धनराज रोकाले बार्षिक योजना तथा बजेट तर्जुमा दिगदर्शन २०८०, स्वास्थ्य सेवा विधेयक २०८० सभामा पेश गर्नु भएको थियो ।
गाउँ सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एंव सभाका सदस्य सचिव गोविन्द भट्टराईले गाउँ पालिकाबाट आर्थिक बर्ष २०८०/०८१ को ६ महिनामा गाउँपालिकामा भए गरेको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।






प्रतिक्रिया दिनुहोस्