मालश्री खबर, पुस २७ गते रोल्पा ।
नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत अगुवा कार्यकर्ता भेला, वैठक तथा भेटघाट कार्यक्रम आज परिवर्तन गाउँपालिकाको पुतलाचौरमा सम्पन्न भएको छ ।

नेकपा एमाले परिवर्तन गाउँपालिकाका अध्यक्ष प्रदिप डागिको अध्यक्षता र एमालेकि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न पालिका स्तरको वैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरुमा वडा र टोल स्तर सम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय संगठनहरुलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र कृयाशिल बनाउने निर्णय गरेको छ । साथै भेलाले जनताहरूको विविध समस्या र सवालबारे सम्बन्धित गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तिन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको छ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव पुर्ण बुढामगर, प्रदेश सदस्य प्रेम घर्ती, एमाले रोल्पाका अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, उपसचिव ठाकुर वलि, पुर्व प्रदेश सदस्यहरु घनश्याम आचार्य, गंगाराम बुढा (हितमान), रोशन वलि, जिल्ला सदस्यहरु टेकेन्द्र रोका मगर, अमर सिंह बुढामगर, तिल बहादुर पुन, नारायण खनाल, पृथ्वी पुन, गंगादेव अध्यक्ष खगेन्द्र वली, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा मगर, अनेरास्ववियु रोल्पा संयोजक सुर्य बि.क., लगायत नेताहरुको सहभागीता रहेको थियो ।
नारायण खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव देवप्रकाश वलिले गर्नुभएको थियो।
कार्यक्रममा एमाले प्रवेश गरेका झकास बुढा मगरलाई टिका माला लगाएर स्वागत समेत गरिएको एमाले रोल्पाले जनाएको छ। साथै परिवर्तन गाँउपालिका वडा नं ५ पुतलाचौरमा आज नेकपा एमाले परिवर्तन गाउँकमिटीको पार्टी कार्यालय उदघाटन गरीएको छ। नेकपा एमाले केन्द्रिय सदस्य ईश्वरी घर्तीमगर लगायत नेताहरुको उपस्थितिमा एक कार्यक्रमका बिच सो पार्टी कार्यालय उदघाटन गरीएको एमालेले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्