Ad image

खेलकुद चौतर्फी विकासको आधार होः सुनिलस्मृति गाउँपालिका अध्यक्ष बुढाथोकी

malashree
malashree २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

भरत विश्वकर्मा, पुस २५ गते किलाचौर रोल्पा ।

स्थानीय सरकार सञ्चालनमा आएको लामो समय भइसक्दा पनि लुङ्ग्री गाउँपालिकामा तेस्रो पटक मात्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा आउनु दुःखद कुरा रहेको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले बताउनु भएको छ ।

लुङ्ग्री गाउँपालिकाद्वारा किलाचौरमा आयोजित माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

खेलकुद क्षेत्र भनेको चौतर्फी विकासको आधार भएकोले यस क्षेत्रलाई विद्यालय स्तरमा प्राथमिकता दिनुपर्ने  उहाँको भनाई रहेको थियो ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्