Ad image

लुङ्ग्री खोलामा मृत भेटिएको जरायोलाई सरोकारवालाको उपस्थिीतिमा गाडियो

malashree
malashree २३ पुष २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, पुष २३ गते रोल्पा

लुङ्ग्री खोलामा मृत भेटिएको जरायोलाई रोल्पा लिबाङमा विभिन्न सरोकारवालाको उपस्थिीतिमा गाडिएको छ ।

हिजो (आइतबार) सुनिलस्मृति गाउँपालिकाको लुङ्ग्री खोलामा जरायो मृत अवस्थामा फेला परेको थियो । मृत भेटिएको जरायोलाई सुवर्णावती सव डिभिजन कार्यालय सुलिचौर र खुङ्ग्री प्रहरी कार्यालयका प्रहरी कर्मचारी तथा वन कर्मचारीको रोहवरमा आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय रोल्पामा ल्याइएको थियो ।

जरायोको आज (सोमबार) भेटेरीनरी अस्पतालले पोष्टमार्टम गरेर आफ्नै कालगतिले मरेको रिपोर्ट आएपछि जरायोको खुट्टा भाचिएको र भिरबाट खसेर मरेको हुनसक्ने भनेपटि गाडिएको डिभिजन वन कार्यालय रोल्पाका वन अधिकृत दशराम चौधरीले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

जरायो करिव डेढ क्विन्टल, लम्बाई १९० सेन्टिमिटर, चौडाई १४० सेन्टिमिटर रहेको अधिकृत चौधरीले मालश्री खबरलाई जानकारी दिनुभयो ।

malashree

प्रतिक्रिया दिनुहोस्