Ad image

रोल्पा जिल्ला तेक्वान्दो संघद्धारा २ जनालाई सम्मानपत्र हस्तान्तरण

malashree
malashree २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

२० पौष २०८०, शुक्रबार ।

रोल्पा जिल्ला तेक्वान्दो संघले २ जना व्यक्तिलाई सम्मानपत्र हस्तान्तरण गरेको छ । संघको दोस्रो वार्षिक साधारण सभामा उपस्थित हुन नसकेका पत्रकार तथा समाज ेसेवा रोहित के.सी र तेक्वान्दोका राष्ट्रिय खेलाडी विर्जलाल बुढालाई आज एक कार्यक्रमका बीच लिबाङमा सम्मानपत्र हस्ताणन्तरण गरेको हो ।

रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ रोल्पा जिल्ला शाखाका संस्थापक अध्यक्ष काशीराम डाँगी रहनुभएको थियो । त्यस्तै अन्य अतिथिहरुमा डोरी तान संघका अध्यक्ष धनराज डिसी, नेपाल पत्रकार महासंघ रोल्पा जिल्ला शाखाका संस्थापक कोषाध्यक्ष प्रवेश आचार्य, बाल कल्याण नमूना माविका तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय खेलाडी दिपक परियार, तेक्वान्दोका प्रशिक्षक तथा राष्ट्रिय खेलाडी उमेश पुनमगर लगायत तेक्वान्दो खेलाडीहरुको उपस्थित रहेको थियो ।

सम्मानित हुनु भएका पत्रकार रोहित के.सी. ले रोल्पा जिल्लामा तेक्वान्दो खेल क्षेत्रलाई मिडियामार्फत माथि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिएकोमा सम्मानित गरिएको हो भने, अर्का तेक्वान्दो राष्ट्रिय खेलाडी विर्जलाल बुढामगरले पनि रोल्पा जिल्लाबाट राष्ट्रिय प्रतियोगितमा पदक प्राप्त र आफू देश बाहिर रहेर पनि रोल्पा जिल्ला तेक्वान्दो संघलाई उल्लृेखनिय योगदान पुर्याउन सहयोग गरेकोमा सम्मान गरिएको रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्