मालश्री खबर, मंसिर २९ गते राेल्पा
रोल्पामा जिल्लामा भोली संसिर ३० गते बिधुत आपूर्ति बन्द हुने भएको छ । प्युठान जिल्ला रहेको झिमरुक पावरहाउसको ३३ के.भी. कन्ट्रोल रुममा मर्मत कार्य गर्ने भएकोले भोली संसिर ३० गते बिहान ११ बजे देखी दिउँसो ३ बजे सम्म रोल्पा जिल्ला रोल्पा जिल्लाको बिभिन्न क्षेत्रहरुमा पनि बिधुत आपूर्ति बन्द हुने भएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र रोल्पाका कार्यालर्य प्रमुख अशेश्वर शाहले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।
भोली झिमरुक पावर हाउसबाट बिधुत आपूर्ति भइरहेको रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थबाङ गाउँ पालिका र त्रिबेणी गाउँ पालिका को तुक्ला क्षेत्रका बिधुत अबरुद्ध हुने बताइएको छ ।
बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलबिधुत केन्द्र माण्डवी गाँउपालिका ४ डामीरचौर प्युठानले शुक्रबार एक सुचना जारी गर्दै यस्तो कुरा जानकारी गराएको छ । भोली मंसिर ३० गते झिमरुक पावर हाउस प्युठानबाट बिधुत आपूर्ति हुने रोल्पा जिल्ला लगाएत प्यूठान र अर्घाखाँचीमा समेत बिधुत आपूर्ति अबरुद्ध हुने बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलबिधुत केन्द्र माण्डवी गाँउपालिका ४ डामीरचौर प्युठानले आफ्नो सुचनामा उल्लेख गरेको छ ।





प्रतिक्रिया दिनुहोस्