Ad image

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता चौथो दिन पनि जारी

malashree
malashree २५ मंसिर २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २५ गते रोल्पा ।

परिवर्तन गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० आज चौथो दिन पनि जारी रहेको छ । शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका–५ राङ्कोटको धामाचौरमा शुक्रबार एक कार्यक्रम बीच उद्घाटन भएको थियोे ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका खेलकुद“ भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता २६ गते सम्पन्न हुने भएको छ ।

आज चौथो दिन पुरुष भलिबल पाइनल भएको छ।जसमा परिवर्तन गाउँपालिका–४ पाछाबाङ प्रथम भएको छ।परिवर्तन गाउँपालिका–२ राङ्सी द्वितीय भएको छ । परिवर्तन गाउँपालिका–५ राङ्कोट तृतीय भएको छ भने परिवर्तन गाउँपालिका–६ सान्त्वना भएको छ।महिला भलिबलको फाइनल बाँकी रहेको छ ।

- Advertisement -
Ad image

आईटीएफ तेक्वान्दो पुरुष र आईटीएफ तेक्वान्दो महिला,कबड्डी पुरुष र कबड्डी महिला प्रतियोगिता भएको हो।परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा फुटबल ढ ए साइड पुरुष तथा महिला।भलिबल पुरुष तथा महिला।कबड्डी पुरुष द्यभयिध डछ तथा महिला दभयिध ठछ ।

एथलेटिक्स पुरुष तर्फ १ सय मिटर दौड,८ सय मिटर दौड, ३ हजार मिटर दौड, लमजम्प, हाईजम्प, ज्याबलिङ थ्रो र सटफुट। महिला तर्फ १ मिटर दौड, ८ सय मिटर दौड, ३ हजार मिटर दौड,लमजम्प, हाईजम्प, ज्याबलिङ थ्रो र सटफुट। बक्सिङ तर्फ पुरुष ५१ केजी, ५४ केजी, ५७ केजी।

बक्सिङ महिला तर्फ ५० केजी, ५४ केजी ५७ केजी। कराँते तर्फ पुरुष अण्डर ४२ केजी,अण्डर ४७ केजी, अण्डर ५२ केजी। महिला तर्फ अण्डर ४० केजी, अण्डर ४५ केजी, अण्डर ५० केजी। आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह, ५१ टु ५५ केजी तौल समूह।महिला तर्फ ३६ टु ४० केजी तौल समूह, ४१ टु ४५ केजी तौल समूह, ४६ टु ५० केजी तौल समूह। क्रीकेट पुरुष तथा महिला टि–ज्ञण्। ब्याडमिन्टन तर्फ मिन्स डबल र ओमिन्स डबल रहेका छन ।

malashree

प्रतिक्रिया दिनुहोस्