Ad image

सुनिलस्मृति गाउँपालिकाले भोलि चौमासिक सार्वजनिक सुनुवाई गर्दै

malashree
malashree २४ मंसिर २०८०, आईतवार
2 Min Read
Aa

भरत विश्वकर्मा, मंसिर २४ गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्न लागेको छ । गाउँपालिकाले सुशासन (सञ्चालन तथा व्यवस्थापन), ऐन २०६४ को दफा ३० तथा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्बन्धी कार्यविधि, २०७९ बमोजिम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको सुनिलस्मृति गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यहीँ मंसिर २५ गते सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुंग्री को हरिगाउँमा सार्वजनिक सुनुवाइ गर्न लागेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिक रूपमा सम्पन्न भएका विकास योजना, कार्यक्रम, सेवा, प्रवाह लगाएत समग्र क्रियाकलापको बारेमा सार्वजनिक सुनुवाइ गर्न लागेको सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्नको लागि तयारी करिब अन्तिम चरणमा पु¥याएको उहाँले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

सार्वजनिक सुनुवाई कार्यक्रमको लागि गाउँपालिकाले बस्ती स्तरबाट सुझाब संकलन कार्य गरिसकेकाे सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनुभएको छ । गाउँपालिकाले गाउँपालिकाको दुर्गम भेगका जनताको गुनासो सुन्न कर्मचारी खटाइएको उहाँले बताउनु भयो ।

सार्वजनिक सुनुवाईबाट जनताको गुनासो सुनेर गाउँपालिकाले जनताको मनोभावना अनुसार काम गर्न सहयोग पुगेको सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले बताउनु भयो । सार्वजनिक सुनुवाईले गाउँपालिकालाई काम गर्नमा उर्जा थपेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले भोलि हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितका लागि सम्पूर्ण राजनैतिक दल, निर्वाचित जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, संघसस्थाहरू, विभिन्न समिति/उपसमितिहरू, उपभोक्ता समितिहरू, टोल विकास संस्था लगाएत सम्पूर्णलाई अनुरोध समेत गरेको छ ।

सुनिलस्मृति गाउँपालिकाले कार्यविधि नै बनाएर चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई कुनै एक वडा स्तरमा र वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई गाउँपालिकाको केन्द्रमा गर्दै आएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्