Ad image

विश्व बक्सिङ दिवसको अवसरमा रोल्पा अस्पताल रेउघाका बिरामिहरुलाई फलफुल बिरतरण

मालश्री खबर
मालश्री खबर १० भाद्र २०८०, आईतवार
3 Min Read
Aa

मालश्री खबर /  भाद्र १० गते रोल्पा ।

विश्व बक्सिङ दिवसको अवसरमा जिल्ला बक्सिङ संघ रोल्पाको आयोजनामा आइतबार रोल्पा अस्पताल रेउघाका बिरामिहरुलाई फलफुल बिरतरण तथा खेलाडीहरुको रक्त पहिचान गरिएको छ ।


जिल्ला बक्सिङ संघ रोल्पाका अध्यक्ष टंक बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरको रहनु भएको जिल्ला बक्सिङले जानकारी दिएको छ ।

सन १९७४ मा क्यूवाको ह्वाना पहिलो पटक अन्तराष्ट्रिय बक्सिङ खेल सुरु भएको थियो । त्यसै दिनलाइ आधार मानेर हरेक बर्ष अगस्ट २७ तारिकको दिन विश्व बक्सिङ दिवस मनाउदै आएको जिल्ला बक्सिङ संघ रोल्पाका अध्यक्ष टंक बुढा मगरले बताउनु भएको छ ।

- Advertisement -
Ad image

रोल्पा अस्पताल रेउघामा बिरामि भएर भर्ना भएको २७ जना बिरामिहरुलाई फलफलु बिरतरण गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे विश्व बक्सिङ दिवसको अवसरमा रोल्पा जिल्ला बक्सिङ संघले जसरी अस्पतालमा बिरामी भएर भर्ना भएकोहरुलाई पोषिलो खानेकुरा बितरण गरेकोमा जिल्ला बक्सिङ संघ रोल्पालाई धन्यबाद दिनु भएको छ ।

खेल क्षेत्रको माध्यम बाट आफ्नो देशलाई बिश्वको माझमा चिनाउनको लागी खेलाडीहरुको महत्वपुर्ण भुमिका रहने बताउदै प्रमुख जिल्ला अधिकारीले खेलाडीलाई राष्ट्रको गहनाको रुपमा लिउनु पर्ने बताउनु भएको छ ।

यसका लागी स्वंयम खेलाडीको जति महत्वपुर्ण भुमिका रहन्छ त्यहिनै खेलाडीहरुको सुरक्षा र बृद्धि विकासको लागी राज्यको पनि त्यतिकै भुमिका रहने भएको हुनाले राज्य पनि त्यतिकै गम्भिर भएर लाग्नु पर्ने बताउनु भएको छ ।

खेल खेल्नु स्वास्थ्यको लागी पनि निकै लाभदायिक भएको हुनाले स्वास्थ्यको लागी पनि खेल क्षेत्र उत्तिकै अपरिहार्य र अनिबार्य भएको समेत प्रजिअ घिमिरेले बताउनु भएको छ ।

फलफुल बिरतरण तथा र रक्त पहिचान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारु मगर, ससत्र प्रहरी बल रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक बिष्णुदट्ट अवस्थी, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदी, रोल्पा अस्पताल रेउघा रोल्पाका निमित्त सुपरिटेन्डेन डाक्टर लोकरत्ना ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापती डीबी घर्तिमगर, जिल्ला तेक्वान्दो संघ रोल्पाका अध्यक्ष हेमन्त खत्री, रोल्पा जिल्ला व्याडमिन्टन संघ रोल्पाका अध्यक्ष बेगम बहादुर हमाल, एथलेटिक्स संघ रोल्पाका कोषाध्यक्ष जयश्री रेग्मी, रेडियो मालश्रीका पत्रकार लोेकेन्द्र चन्द लगाएत जिल्लामा क्रियाशिल बिभिन्न सञ्चार माध्यम कार्यरत पत्रकार जिल्लामा रहेका बिभिन्न खेलकुद संघका प्रमुख प्रतिनिधी, खेलाडी लगाएतको आतिथ्यता रहेको थियो ।

जिल्ला बक्सिङ संघ रोल्पाका अध्यक्ष टंक बुढा मगरले आफुहरुले विश्व बक्सिङ दिवसको अवसरमा रोल्पा अस्पताल रेउघाका बिरामिहरुलाई फलफुल बिरतरण तथा र रक्त पहिचान कार्यक्रममा सहभागिता जनाइदिएको भन्दै सबैलाई धन्यवाद दिनु भएको छ । खेलाडीलाई राष्ट्रको गहनाको रुपमा लिए पनि उनिहरुको राष्ट्रले उचित व्यवस्थापन गर्न नसक्दा अहिले पनि खेलाडीहरु बेरोजगार भएर बस्नु पर्ने र खेल क्षेत्रबाट पलाएन हुनु पर्ने बाध्यता भएको अध्यक्ष बुढामगरले बताउनु भएको छ । राज्यले यस बारे समयमै गम्भिर भएर सोच्न नसके कुनै दिन खेलक्षेत्रबाट सबै पलाएन हुनु पर्ने आवस्था आउन सक्ने समेत बुढामगरले बताउनु भएको छ ।

लुम्बिनी प्रदेश बक्सिङ संघका सदस्य श्रीमन घर्तिमगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला बक्सिङ संघ रोल्पाका सहसचिव गिरीराज गिरीले गर्नु भएको थियो ।

 

मालश्री खबर

प्रतिक्रिया दिनुहोस्