सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, श्रावण १६ रोल्पा ।
पन्ध्र वर्ष पहिलेको रोल्पा र अहिलेको रोल्पालाई हेर्ने हो भने सेवा सुबिधा र बिकास निर्माणमा धेरै परिवर्तन भएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताएङ्का छन् ।
नेपाली रेडियो नेटवर्कको पालिका बहस कार्यक्रममा मंगलबारका ऋृषि धमलासँगको कुराकानीमा सो कुरा बताउनु भएको हो ।
पन्ध्र वर्ष पहिले नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आइसकेपछि अर्थात यो व्यवस्थामा आइपुग्दा अन्तिम सरकारमा सहभागी भइसकेपछि रोल्पाको अवस्था हेर्ने हो भने पूर्वाधारको हिसाबले सडक महत्त्वपूर्ण हो हाम्रा बुबाहरु, हाम्रा आमाहरू, हाम्रा दाईहरु र दिदीहरु नुन तथा खाद्यान्न बोक्न दाङ जाने गरेको र अहिले त्यो समस्याको अन्त्य भएको छ,उनले भने ।
अहिले पूर्वाधारको सन्दर्भमा हेर्नु हुन्छ भने सडक सञ्जाल नपुगेको गाउँ–ठाउँ नभएको समेत बताउनुभयो । हिजो सूचना सञ्चारको हिसाबले हेर्ने हो भने पनि हाम्रा मान्छेहरु फोन गर्नका लागि दाङ जानुपथ्यो र पछि लिबाङ जानुपथ्यो आज त्यो कुराको अन्त्य भएको छ, बुढा मगरले भने।
आज प्रत्येकको घरमा र प्रत्येकको हातमा मोबाइल छ, मोबाइलबाट फोन गर्ने गर्दछन र त्यतिमात्र होइन आज इन्टरनेटको जमानामा सूचनाको पहुँचमा प्रत्येकको घरमा थ्रीजी, फोर्जीबाट मात्र नभएर विभिन्न नेटवर्क सिस्टमले गर्दा आम नागरिकहरु इन्टरनेटको पहुँच आएका छन,उनले भने । रोल्पाको परिवर्तन गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा धेरै सुधार गरेको छ । शिक्षा र स्वास्थ्यमा सुधारका लागि धेरै राहत र उत्प्रेरणाका कार्यक्रमहरु लागू गरिएको गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले जानकारी दिनुभयो।नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका वसहमा उहाँले विद्यालय समायोजनको अभियान चलाउदै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिलाउन कार्यविधि नै पारित गरेको बताउनु भयो ।
उहाँका अनुसार परिवर्तन गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा,निःशुल्क एम्बुलेन्स सेवा र ६० बर्षदेखि माथिका वृद्ध वृद्धाको निःशुल्क स्वस्थ्य परिक्षणको व्यवस्था गरिएको छ।गाउँमा स्वास्थ्य,शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाका एमबीबीएस, बिएससी कृषि, पशु चिकित्सा,गणित र विज्ञान विषयमा स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको उहाँको भनाई छ ।
कृषि तथा पशुपालनलाई नै गाउँपालिकाको मुख्य आधार मानेर पालिकाले कृषिमा युवालाई आकर्षित गर्न २ बर्षसम्मको लागि एकमुस्ट ब्याज लिने गरेर सापटी ऋषि दिने गरेको छ।राम्रो गर्ने युवाको ऋष अनुदानमा परिणत हुने गरेको छ भने राम्रो नगर्न नसक्नेलाई दिइएको सापटी फिर्ता लिने गरिएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो।उहाँले कृषि उपजहरुलाई बजारसम्म लैजानका लागि कृषकहरुलाई ढुवानीमा अनुदान दिने गरिएको बताउनु भयो।कृषकहरुलाई रसायनीक मलभन्दा प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन गरिएको उहाँको भनाई छ ।






प्रतिक्रिया दिनुहोस्