सुर्य प्रकाश बुढा मगर, असार १० रोल्पा ।
रोल्पाको परिवर्तन गाउँपालिकाको आगामी वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम पेश गरिएको छ । शुक्रबार देखि परिवर्तन गाउँपालिकाको आफ्नै बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा सुरु भएको हो ।

शुक्रबार नै आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति,कार्यक्रम तथा बजेट अधिवेशनसँगै परिवर्तन गाउँपालिकाको पन्ध्रौं गाउँसभा समेत बसेको सम्पन्न भएको हो । स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा २ बमोजिम वर्षमा दुई पटक गाउँ सभा बस्ने व्यवस्था रहेकोे छ । सोही बमोजिम परिवर्तन गाउँपालिकाको आगामी वर्ष २०८०र०८१ को नीति,कार्यक्रम तथा बजेट अधिवेशन सुरु भएको हो भने पन्ध्रौं गाउँसभा शुक्रबार सम्पन्न भएको छ ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले आगामी वर्ष २०८०-०८१ को नीति, कार्यक्रम तथा बजेट अधिवेशन पेश गर्नु भएको थियो । पूर्वाधार, सामाजिक, आर्थिक सुशासन तथा संस्थागत क्षमता र वन, वातावरण तथा विपद व्यवस्थापन लगायतको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो।गाउँसभाको अध्यक्षता सुक बहादुर बुढा मगरको रहेको थियो भने नीति,कार्यक्रम तथा बजेट अधिवेशन र पन्ध्रौं गाउँसभामा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, ६ वटै वडाका वडाहरु, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि।
एम,गाउँसभाका सदस्यहरु, गाउँपालिका भित्रका क्रियाशिल राजनीतिक दलहरू,राष्ट्रसेवक कर्मचारीहरु,विद्यालयका प्रधानाध्यापकहरु, सुरक्षाकर्मीहरु, बुद्धिजीवी, व्यापारी लगायतको सहभागिता रहेकोे थियोे । परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको नीति, कार्यक्रम तथा बजेट अधिवेशन र पन्ध्रौं गाउँसभामा प्रमुख अतिथी पूर्व सहायक राज्य मन्त्री भिम कुमारी बुढा मगरले कार्यक्रमको उद्घाटन गर्दै, हामी परिवर्तन गाउँपालिका बासी हुनुमा सबै भाग्यमानी ठान्नु पर्ने बताउनुभयो । मैले जे देखेको छु त्यो परिवर्तन गाउँपालिकामा भएको अनुभुती देख्छु बुढाले भन्नुभयो ।
अन्य पालिकामा के गर्नु हुन्छ त्यो मलाई थाहा भएन तर मेरो पालिकामा पछिल्लो समय सबै राजनीतिक दललाई निम्तो गर्नुहुन्छ यो हुनु पनि पर्छ । तर म भन्छु राजनीतिक आस्था र विचार आफ्नो ठाउँमा होलारुजनताको सेवक भएपछी राजनीति करण गर्न नहुने बताउनुभयो । जनता सबै हाम्रो साँझ हुन भन्ने संकल्प साथ स्थानीय सरकारलाई अगाडि बढ्न समेत आग्रह गर्नुभयो । साथै परिवर्तन गाउँपालिकालाई अझै राम्रो बनाउन सबैको हातेमालो हुनुपर्ने अहिले आवश्यकता रहेको छ,उनले भने । परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले हाम्रो कार्यकालमा विकासको नाममा भौतिक विकासलाई मात्र हेरेको बताउनुभयो।
हामीले बाटोलाई मात्र प्राथमिकता दिएको रहेछौं तर बाटो मात्र खन्नु विकास रहेन्छ र अहिले आएर हेर्दा विकास भनेको त आम नागरिकको दैनिकी सँग जोडिएको समस्या समाधान गर्नु रहेछ बुढा मगरले भन्नुभयो।साच्चिकै भन्ने हो भने परिवर्तन गाउँपालिका जस्तो नाम त्यस्तै काम भन्ने नाराका साथ हामी अगाडि बढेका थियौ र आज म सबै पुरा भएको छ भन्दै तर पनि यति भन्न सक्छुूपरिवर्तन गाउँपालिका बासीले अनुभूति गर्ने काम चाहिँ गरेका छौँ । अहिलेका नेतृत्वलाई मैले बारम्बार भन्दै आएको पनि छु अहिले पनि भन्छु अबको भौतिक विकास भन्दा पनि आमा नागरिकको जीवनस्तर सँग जोडिएको समस्यालाई मध्येनजर गरेर विकास गर्नुहोस् भनेर हामीसँग पनि अनुभव छ हामीसँग पनि परामर्श गर्नुहोस् हामी साथमा छौँ, उनले भने ।
रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका अध्यक्षका प्रत्याशी विश्व कुमार चन्दले पहिले प्रतिपक्षी दललाई बोलाउने चल्न थिएन।अहिले त्यो एक प्रकारको सिस्टम आएको बताउदै,परिवर्तन गाउँपालिकाको नीति तथा कार्यक्रम हेर्दा केही कुराहरु गत वर्षकै समेटिएको जस्तो लाग्यो।समग्रमा हेर्दा नीति तथा कार्यक्रम रामै लाग्यो तर नीति तथा कार्यक्रम ल्याउनु मात्र ठूलो कुरा होइन त्यसलाई कार्यान्वयनमा लग्नु ठूलो कुरा भएको बताउनुभयो।
चन्दले जब ती योजनाहरु पुरानै हुँदैन भने कि बारम्बार लिइ रहनु प¥योर । नीति तथा कार्यक्रम बनाएरमात्र पुरा नहुने बताउदै ऐन, कानुन, विधि विधान निर्माण गरि अगाडि बढेमात्र कार्यान्वयन पक्ष राम्रो बन्ने बताउनुभयो।हामी छुट्टाछुट्टै प्रदेशमा पुगेका थियौ मैले पनि केही योजनाहरु लगेर गरेको थिए होलारुतपाईं पनि पालिकाका केही योजनाहरु लगेर जानू भयो होलारुपालिका अध्यक्ष ज्युलाई मेरो प्रश्न छ । के के योजना लगेर जानुभएको छ,के हामी सँगै जादैमा सबै बिग्री हाल्ने होरुसंघ, प्रदेशमा गठबन्धन छ यहाँ पनि हाम्रा तीन जना मन्त्रीहरु छन, चन्दले भन्नुभयो।यदि परिवर्तन गाउँपालिकालाई साच्चिकै राम्रो पालिका बनाउने हो भने आफ्नो पार्टी साथ सहयोग गर्न तयार छ,उनले भने।
नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कुलबीर घर्ती मगरले नीति तथा कार्यक्रम वर्ष वर्षमा आउँछ तर कति पुराभयो कति पूरा भएन त्यो थाहा हुँदैन।हेर्दा नीति तथा कार्यक्रम राम्रो छ र यो कार्यक्रमले आगामी दिनमा के कस्ता नागरिकलाई छुन्छ त्यो हेर्न बाँकी छ।पछिल्लो समय पावर र पहुँचको आधारमा बजेट विनियोजन भएको देख्छु परिवर्तन गाउँपालिकामा त्यो नहोस् उनले भने।नेकपा एमाले परिवर्तन गाउँपालिकाका पार्टी प्रतिनिधि तिलकबहादुर पुनले पहिले नीति तथा कार्यक्रम कसरी पेश गर्नुहुन्छ त्यो हामीलाई थाहा हुँदैन्थ्यो।तर आज यसरी आएर प्रत्येक्ष रूपमा बुझ्न पाइयो।
नीति तथा कार्यक्रम हेर्दा राम्रो छ तर हामीले पनि चुनावको समयमा प्रतिवद्धता व्यक्त गरेका थियौ।त्यो अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत बोलेका थियौ । आज त्यो कतिको समावेश भएको छ आगामीमा थाहा हुनेछ । मैले भन्छु सबैको साँझा नीति तथा कार्यक्रम बन्न सकेमात्र राम्रो पालिका बनाउन सकिने र आफ्नो पार्टी सहयोग गर्न तयार रहेको छ र गलत गरेमा खबरदारी गर्न तयार रहेको समेत उनले भने ।
नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका प्रतिनिधि दिनेश बुढा मगरले नीति तथा कार्यक्रम राम्रो भएको बताउदै अहिले भएको भन्दा पनि आगामी दिनमा थप जनमुखी काम गर्नुपर्ने बताउनुभयो। साथै बजेट विनियोजन पावर र पहुँचको आधारमा भन्दा पनि आवश्यकताको आधारमा हुनुपर्ने उनले भने । नेकपा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी डाँगीले परिवर्तन गाउँपालिका स्थापना भएदेखि अहिलेसम्म पन्ध्रौं गाउँसभा नीति तथा कार्यक्रम र बजेट अधिवेशन सम्म आफ्नो पार्टी एक पटक पनि सहभागी नभएको बताउनुभयो । साथै कसरी नीति तथा कार्यक्रम पेश हुन्छ र के के गर्छन् भनेर पहिलो पटक आफूले अनुभूति गरेको बताउनुभयो।
समग्रमा हेर्दा नीति तथा कार्यक्रम राम्रो छ । तर आमा नागरिकको हितमा छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण भएको बताउनुभयो। शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, पर्यटन भनिएको छ र म रोजगारको मात्र कुरा गर्न चाहन्छु कहाँ छ रोजगार यतिबेला मेरो पालिकाका युवाहरू अरुको देशमा रगत पसिना बेची रहेका छन।मैले भन्छु सम्भव हुने काम मात्र गरौँ, असम्भव हुने काम नगरौं । राम्रो काम गर्नुहोस् हाम्रो समर्थन छ नराम्रो काममा हाम्रो खबरदारी छ,उनले भने।परिवर्तन गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको तर्फबाट जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन मगरले नीति तथा कार्यक्रम झ्वाट हेर्दा राम्रो देखिन्छ तर भित्र हेर्दा शिक्षाका धेरै कुरा अधुरो भएको बताउनुभयो।
संघ र प्रदेशले व्यवस्था गरेका शिक्षाका कुराहरु समावेश भएको हुनुपर्थ्यो तर त्यो देखिएन अर्को कुरा अतिरिक्त हुलाक सेवा हटाई सकेको छ त्यो पनि उल्लेख गरिएको छैन,जब आवश्यकता छैन त्यो समावेश गर्नुको कुनै अर्थ नहुने उनले भने।
पन्ध्रौं परिवर्तन गाउँपालिकाको गाउँसभा कार्यक्रमको समाप्न गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले, कृषकले उत्पादन गरेका वस्तुमा अनुदान दिने, निस्शुल्क शिक्षालाई कार्यविधि बनाएर कार्यान्वयन गर्ने, संघीय सरकारको अनुदानमा दुईखोली देखि खरिबोट सम्मको करिब १२ किलोमीटर सडक गाउँपालिकाको समन्वयमा स्तरउन्नति सहितको पिच र कालोपत्र गर्ने,अर्को प्रदेश सरकारको अनुदानमा दुईखोली देखि बागमारा हुँदै रुकुम पुर्वको चुन्बाङ सम्मको करिब ९ किलोमीटर सडक गाउँपालिकाको समन्वयमा स्तरउन्नति सहितको पिच र कालोपत्र गर्ने, विज्ञान विषय लिएर एम।बि।बि।एस पढ्नेलाई छात्रवृत्ति उपलब्ध गराउने, १५ शैया अस्पताल निर्माणकार्यलाई अगाडि बढाउने, कृषि, भेटनरी, गणित र अंग्रेजी विषय लिएर अध्ययन गर्नेलाई छात्रवृत्ति उपलब्ध गराउने लगायत नयाँ नीति तथा कार्यक्रम भएको बताउनुभयो।
असार ८ र ९ गते नीति तथा कार्यक्रममा छलफल गरि असार १० गते बजेट पारित हुने बताइएको छ।कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका लेखा अधिकृत ध्रुबराज न्यौपानेले गर्नुभएको थियो।





प्रतिक्रिया दिनुहोस्