Ad image

गंगादेव गाउँपालिकाको रांकमा किशोर किशोरी मैत्री कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ असार २०८०, शनिबार
3 Min Read
Aa

हिमाली खड्का
मालश्री खबर, असार ९ गते रोल्पा

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ७ मा किशोर किशोरी मैत्री कार्यक्रम सम्पन्न भएको छ । राँक स्वास्थ्यचौकीको आयोजनामा सुक्रबार एक कार्यक्रमका विच वडा नं. ७ को रांक स्वास्थ्य चौकीमा किशोर किशोरी मैत्री सम्पन्न भएको हो ।

 

गंगादेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा रांक स्वास्थ्यचौकि सञ्चालन समितिका अध्यक्ष प्रेम प्रकाश के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ठ अतिथिमा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी के.सी. रहनु भएको थियो । कार्यक्रममा गंगादेव गाउँपालिकाका वडा नं. ७ का वडा सदस्य धनराज डागी, वडा सदस्य अमृता के.सी. वडा नं. ६ का वडा सदस्य विमल खड्का, शिक्षक मुनबहादुर खड्का, पूर्व रांक गाविस अध्यक्ष दलबहादुर वली लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमा वडा नं. ६ मा रहेको जिवनज्योती माद्यामिक विद्यालय र वडा नं. ७ मा रहेको पृथ्वीनारायण माद्यामिक विद्यालयको कक्षा ९ र १० अध्यनरत छात्रछात्रा र एक–एक जना शिक्षीकाको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमको सहजीकरण रांक स्वास्थ्यचौकीका प्रमुख नरहरीनाथ योगीले गर्नुभएको थियो । १० देखि १९ बर्ष सम्मका किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्यमा टेवा पुग्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको प्रमुख योगीले बताउनु भयो ।

साथै उहाँले किशोर किशोरीहरुको लागी किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिए पछि किशोर किशोरीहरु आफुलाई लागेको यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी जिज्ञासा थाहा पाउन तथा स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा आउने सक्रियता बढ्ने समेत आशा लिनुभएको थियो ।

किशोर किशोरी अवस्था , शारिरिक मानसिक परिवर्तन, किशोर किशोरी अवस्थामा हुने समस्या तथा समाधानका उपाएहरु, प्रजनन् स्वास्थ्य ,महिनावारी ,चुरोट रक्सी तथा लागु पदार्थ ,यौन र यौन सम्वन्ध ,विवाह गर्भावस्था र गर्भपतन लगाएतका विषयमा स्वास्थ्य प्रमुख योगीले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले यो कार्यक्रम किशोर किशोरीहरुको लागी अत्यन्तै महत्पुर्ण भएको बताउनु भयो । साथै सबै भन्दा ठुलो शिक्षा भएको हुदा आफ्नो पढाइलाई महत्वपुर्ण अगंको रुपमा लिदै गलत कार्यमा कहिल्यै नलाग्न सुझाव दिनुभयो ।

त्यस्तै उपाध्यक्ष अमृता कुमारी के.सी.ले राँक स्वास्थ्यचौकीेले किशोर किशोरीहरुको लागी महत्पुर्ण कार्यक्रमको आयोजना गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । सानो कार्यक्रमले ठुलो सन्देस फैलाउने भएको हुदा आजको कार्यक्रममा सीकेका कुरा किशोर किशोरी विद्यार्थीहरुले आ–आफ्नो विद्यालयमा गएर अन्य विद्यार्थीहरुलाई सिकाउन सुझावदिनु भएको थियो ।

कार्यक्रममा उपस्थीत सभागी छात्रछात्राहरुले आफ्नो विद्यालयमा भएका समस्याहरु राख्दै त्यस तर्फ ध्यान दिन अनुरोध समेत गरेका थिए ।

 

मालश्री खबर

प्रतिक्रिया दिनुहोस्