भरत विश्वकर्मा,
असार ६ गते, सुलिचौर रोल्पा ।
स्ट्रोम फाउन्डेशन र सहयोगी हातहरुको समुह (सहास) नेपालद्धारा सुनिलस्मृति गाउँपालिकाको विभिन्न वडामा रहेका किशोर–किशोरीहरुको लागी ३ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ ।

तालिम सुनिलस्मृति गाउँपालिका वडा नम्बर २, ४, ७ र ८ का किशोर–किशोरीहरले आफ्ना गाउँघरमा रहेका कृषि जन्य उत्पादन लाई प्रयोग गरी गाउँघरमै उत्पादन गरेर घरायसी प्रयोजनको लागी उपयोग गर्न वा यस सिपलाई प्रयोग गरेर किशोर–किशोरीहरु लाई उद्यमी बनाउने उदेश्यको साथ प्रदान गरीएको सहयोगी हातहरुको समुह (सहास) नेपाल रोल्पाका कार्यक्रम संयोजक सरोज पंन्थीले जानकारी दिनुभएको छ । तालिममा आफ्नै बारीमा उत्पादन हुने काक्रो, आँप, तिते करेला, गोलभेँडा, लगाएतका तरकारीको प्रयोग गरी अचार बनाउनको लागी तालिम दिइएको बताइएको छ । यो तालिम बाट सिकेको सिपले आगामी दिनमा आफुले व्यवसायीक रुपमा अचार बनाएर त्यसलाई नै आम्दानीको स्रोत बानाउन सक्ने प्रेरणा मिलेको तालिमका सहभागी रचना भारती, सज्जन विश्वकर्मा लगायतले बताउनु भयो ।

तालिममा जम्मा १२ जना किशोर किशोरीहरुको सहभागीता रहेको थियो । असार ४, ५ र ६ गते सम्म सञ्चालन भएको तालिमको सहजीकरण सहास नेपालका जिविकोपार्जन अधिकृत प्रेम कुमार श्रेष्ठले गर्नु भएको बताइएकाे छ ।









प्रतिक्रिया दिनुहोस्