मालश्री खबर, जेठ २७ गते, रोल्पा ।
सुनिलस्मृति गाउँपालीका वडा नबर ४ सुलिचौर पर्बेश नगर (क) मा नेपाली काग्रेस पार्टीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्थानिय तहमा पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु को कारण, नेपालि कांग्रेस सरकारमा हुदा पनि आफ्नो मागहरु सम्बोधन नहुनु, नेतृत्वहरुल जनताहरुसंग सम्पर्कबाट टाढा रहेको पार्टी भित्र रहेको गुट र उपगुटको कारण भएको मनन गर्दै अब पार्टीमा रहेको गुट र उपगुटको राजनीति बन्द र बहिष्कार गर्न नेपाली कांग्रेस सुनिल स्मृति गाउँपालेकाका सभापति एवं सम्पुर्ण वडा सभापतिहरु एक जुट भएका लाग्ने प्रतिबद्धता जनाएका छन् ।

गुटका कारण पार्टी भित्रै पार्टीका साथीहरु पाहुना झैँ रहनु परेको अवस्था सिर्जना भएको कारण , प्रदेशमा आफ्नो सरकार हुदा पनि र संघमा गठबन्धन को सरकार हुदा पनि नेत्रृत्व तह बाट वडा मा तथा पालिकामा योजना हरुको माग तथा सम्बोधन मा कुनै पनि नेतृत्वले पहल नगरेको मा वडा सभापतिहरुले नेतृत्व पार्टी आक्रोस ब्यक्तगरेका थिए । जनतालाई चाहिएको कुरा सम्बोधन गरे पछि मात्र निर्बाचनमा जनताले आफुहरुलाई सहयोग गर्ने भएकोले त्यस तर्फ उन्मुख हुदै नेतृत्व पंक्तिलाई नेपाली काग्रेस सुनिलस्मृति गाउँपालिकाले ध्यानाकार्षण गरेका छ ।
उक्त कार्यक्रममा सम्पूर्ण वडा सभापतिहरुले आ आफ्नो वडाको अबस्था र गाउँपालिक सभापतिले समग्र गाउपालिकको अबस्थाहरुको बिषयमा कुरा राखेका थिए ।
पार्टीमा भैरहेको गुटको अन्त्य गर्ने, संगठन बिस्तार को लागि विभिन्न योजना बनाइ जनताको घर घरमा जाने, स्थानिय तह संग समन्वयन, खबरदारी र प्रतिकार गर्ने, स्थानिय तह संग विभिन्न योजना माग गर्ने लगायतका बिषयमा निर्णय गरेको छ । स्थानिय तहसंग समन्वयन गर्ने तर, नराम्रा काम गरे खबरदारी गर्ने र एकलौटी हिसाबले चल्न खोजे प्रतिकार गर्न समेत पछि नपर्ने गरि अगाडि बढ्ने निर्णय गरेका नेपाली काग्रेस जिल्ला कार्यसमिति रोल्पाका सह–सचिव गञ्ज क्षेत्रीले जानकारी दिनुभएको छ ।
नेपालि कांग्रेस जिल्ला कार्यसमितिका सह सचिब तथा सुनिलस्मृति गाउँपालिकाका गाउँपालिका अध्यक्षका प्रत्यासी गंज बहादुर क्षेत्रीको पहलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सुनिलस्मृति गाउँ पालिकाका सभापति र सुनिलस्मृति गाउँपालिकाका सम्पुर्ण वडाका सभापतिहरुको उपस्थिति रहेको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्