Ad image

परिवर्तन गाउँपालिकामा अतिरिक्त क्रियाकलाप सञ्चालन हुने

मालश्री खबर
मालश्री खबर १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, माघ १७ रोल्पा। शिक्षा,युवा तथा खेलकुद शाखा परिवर्तन गाउँपालिकाको आयोजनामा अतिरिक्त क्रियाकलाप सञ्चालन हुने भएको छ।शिक्षा समितिको माघ १५ गते बसेको बैठकको निर्णय अनुसार अतिरिक्त क्रियाकलाप गर्न लागेको हो।

परिवर्तन गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयलाई समावेश गरेर अतिरिक्त क्रियाकलाप गर्न लागेको परिवर्तन गाउँपालिका शिक्षा शाखा प्रमुख बालाराम वलीले जानकारी दिनु भएको छ।माघ १८ गते भोलि कक्षा ९ र १० लाई लक्षित गरेर वक्तित्वकला प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता गाउँपालिकाको सभाह्लमा हुने भएको छ।प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ महिला सहित २ जान हुनुपर्ने बताइएको छ।कक्षा ६-८ को हाजिरी जवाफ प्रतियोगिता माघ २३ गते गाउँपालिकाको सभाह्लमा हुने भएको छ भने प्रत्येक विद्यालयबाट १ महिला सहित ३ जना हुनुपर्ने छ।

४ र ५ कक्षाको हाजिरी जवाफ प्रतियोगिता माघ २४ गते गाउँपालिकाको सभाह्लमा हुनेछ भने प्रत्येक विद्यालयबाट १ महिला सहित ३ जान हुनुपर्ने छ।कक्षा १-३ हिसाब दौड प्रतियोगिता माघ २५ गते गाउँपालिकाको खेलमैदान हुनेछ छ भने प्रत्येक विद्यालयबाट १ महिला सहित २ जना हुनुपर्ने छ।

- Advertisement -
Ad image

सहभागी हुने विद्यार्थीलाई सम्बन्धि विद्यालयको प्रधानाध्यापकले प्रमाणित गरेर पठाउनुपर्ने परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेद्वारा जारी गरिएको सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array