Ad image

सुनिल स्मृति गाउँपालिकाले कार्यालय समयमा कर्मचारीलाई सामजिक सञ्जाल प्रयोगमा निषेध

मालश्री खबर
मालश्री खबर २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २१ रोल्पा । गाउँपालिकाबाट प्रवाह गरिने दैनिक सेवामा अवरोध नओस भनेर सुनिलस्मृति गाउँपालिका रोल्पाले कार्यलय समयमा कर्मचारीलाई सामाजिक सञ्जालमा रोक लगाएको छ ।

कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागी समाजिक सञ्जाल प्रयोग गर्ने वानिले सेवा ग्राहिलाई प्रभावकारी सेवा प्रदान गर्न असहज अवस्था नआवस भनेर उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाँउपालिकामा कार्यरत कर्मचारीहरुले कार्यलय समयमा यसै साताबाट सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका हुन ।

कर्मचारीले फेसबुक, इनिष्टा, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न नदिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मणिराम वुढाथोकीले बताउनु भयो । गाउँपालिकाका सेवा ग्राहिलाई छिटो, छरीतो र बिना झन्झट सेवा पु¥याउने हेतुका साथ उक्त निर्णय गरिएको हो ।

यो निर्णयले गाउँपालिकाबाट प्रदान गर्ने सेवामा थप सहज पुग्ने छ । गाउँपालिकाबाट सेव ा ग्राहिलाई सामाजिक सञ्जालमा प्रवाह गर्ने सेवा भने निरन्तरता दिई रहने गाँउपालिकाले बताएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array