मालश्री खबर, कार्तिक २ रोल्पा ।
जवरजस्ती करणी मुद्दामा र कर्तव्य ज्यान मुद्दामा फरार दुई अभियुक्त प्रक्राउ परेका छन् । रोल्पा जिल्ला अदालत लिबाङ रोल्पाको २०७८ साल बैशाख २४ गतेको फैसला बाट ८ बर्ष ५ महिना ९ दिन भुक्तान गर्न बाँकी फरार रहेको रोल्पा न.पा. वडा नं. ९ ह्वामा निबासि सुकुम भन्ने जितेन्द्र रानामगरलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्याल रोल्पाले जानकारी दिएको छ ।
फरार रहेका अभियुत्तलाई जिल्ला प्रहरी कार्यालय रोल्पा बाट खटिएको प्रहरी टोलीले कार्तिक २ गते उनकै घर बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि रोल्पा जिल्ला अदालत लिबाङ रोल्पामा बुझाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिुनु भएको छ ।
त्यस्तै र जिल्ला अदालत प्युठान बाट २०७७ साल चैत्र १८ गते २० बर्ष कैद सजाय तोकिएका दल बहादुर पुनलाई पनि फेला पारेको प्रहरीले जानकारी दिएको छ । रोल्पा न.पा. ७ माडिचौर निबाषि बर्ष ५२ का दल बहादुर पुनलाई प्रहरीको टोलीले २०७९ असोज २६ गते उनको घर माडीचौर बाट पक्राउ गरि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रोल्पामा बुझाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्