Ad image

रोल्पामा रातिको समयमा सवारी आवागमनमा रोक

malashree
malashree ८ आश्विन २०८३, बिहीबार
2 Min Read
Aa

रोल्पा,८ असोज । जिल्ला प्रशासन कार्यालय रोल्पाले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लामा सवारीसाधन आवागमनमा समयसीमा तोकेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै भूभाग मध्ये रोल्पा र छिमेकी जिल्लाहरुमा समेत भारी देखि अति भारी वर्षाको सम्भावना रहेकोले असोज ८ गतेदेखि ११ गतेसम्मका लागि सो निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले मदन भण्डारी राजमार्ग २४ घण्टा पूर्ण रूपमा बन्द गरिने जानकारी दिए । उनका अनुसार शहीदमार्ग हुँदै जिल्ला बाहिरिने सवारीसाधन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म र शहीदमार्ग अन्तर्गतका अन्य सडक खण्डमा बेलुका ६ः३० बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

त्यसैगरी, जिल्ला प्रवेशको मुख्यद्वारको रुपमा रहेको खुङ्ग्रीबाट जिल्ला बाहिरिने सवारीसाधन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म तथा सुलिचौर–लिवाङ सडकखण्डमा बेलुका ६ः३० बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन रोक लगाइएको प्रजिअ गौतमले जानकारी दिए ।

- Advertisement -
Ad image

जिल्लाका अन्य ग्रामीण सडकखण्डमा बेलुका ६ बजेसम्म सवारी गन्तव्यमा पुगिसक्नुपर्ने र बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । अत्यधिक वर्षा, बाढी तथा पहिरोको उच्च जोखिम देखिएमा प्रहरीले आवश्यकताअनुसार जुनसुकै समयमा पनि सवारी आवागमन रोक्न सक्ने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले विपद् जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्