रोल्पा,०८ असोज । मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै रोल्पाका विभिन्न स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् ।
जल तथा मौसम विभाग राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विज्ञहरुबाट पूर्वानुमान भएअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरुमा भारी वर्षादेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हावाहुरी तथा चट्याङ्का साथै बाढी, पहिरो, दुवान, नदी कटान जस्ता जोखिम हुन सक्ने जनाएको छ ।
यो समाचार तयार पार्दासम्म विपद्को उच्च जोखिम हुन सक्ने भन्दै जिल्लाको लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाले शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । भने रोल्पा नगरपालिका, गंगादेव गाउँपालिका र रुन्टीगढी गाउँपालिकाले बिहिबार र शुक्रबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै सर्तक रहन समेत आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्