Ad image

रोल्पाको दश स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न

malashree
malashree ८ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

रोल्पा,०८ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत रोल्पाको दश स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

दश स्थानीय तह रहेको रोल्पामा बिहिबार सम्पन्न अधिवेशनबाट दश स्थानीय तहको अधिवेशन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ ।

अधिवेशनबाट रोल्पा नगरपालिकाको सभापतिमा रामबहादुर बुढाथोकी, सुनछहरी गाउँपालिकाको सभापतिमा हर्कराम बुढामगर, परिवर्तन गाउँपालिकाको सभापतिमा कुलबहादुर घर्तीमगर, रुन्टीगढी गाउँपालिकाको सभापतिमा चेतलाल खत्री निर्वाचित हुनुभएकाे छ ।

त्यस्तै गंगादेव गाउँपालिकाको सभापतिमा कृष्ण वली, लुंग्री गाउँपालिकाको सभापतिमा मति पुन, सुनिलस्मृति गाउँपालिकाको सभापतिमा रोशन गिरी, त्रिवेणी गाउँपालिकाको सभापतिमा प्रेम प्रकाश पुन, माडी गाउँपालिकाको सभापतिमा पशुपति घर्तीमगर र थबाङ गाउँपालिकाकाे सभापतीमा हरिलाल डाँगी सर्वसम्मत रुपमा निर्वाचित भएको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिनुएको छ ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्