रोल्पा,०८ असोज । नेपाली कांग्रेसको माडी गाउँपालिका सभापतिमा पशुपति घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तरगत बुधबार सम्पन्न अधिवेशनबाट घर्तीमगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अधिवेशनबाट पार्टीको उपसभापतिमा भिमबहादुर घर्तीमगर र हस्तकला विक सचिवमा तुफान परियार, सहसचिवमा झक्कु प्रसाद वली निर्वाचित हुनुभएको छ ।
अधिवेशनले सदस्यहरुमा विर्जना घर्तीमगर, विर बहादुर खत्री, कमल घर्तीमगर, जुनमाया पुन घर्ती, कमल खड्का, मनकली विक र सिहंराम दमाई चयन हुनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्