Ad image

जिल्ला भलिबल संघ रोल्पाको अधिवेशन

malashree
malashree ५ आश्विन २०८३, सोमबार
1 Min Read
Aa

रोल्पा,०६ असोज । जिल्ला भलिबल संघ रोल्पाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम लिबाङमा एक कार्यक्रमको बिच संघ अधिवेशन उद्घाटन भएको हो ।
जिल्ला भलिबल संघ रोल्पाका अध्यक्ष हिमाल डाँगीको अध्यक्षतामा अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, विशिष्ट अतिथिको रुपमा भलिबाल संघका केन्द्रीय सदस्य किशोरकुमार आचार्य, रोल्पा नगरपालिकाका निवर्तमान नगरप्रमुख पुरण क्षत्री रहनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापाघर्तिले खेलकुद क्षेत्रको विकासका लागि सबै भूमिका महत्वपूर्ण रहने बताउनुभएको थियो । जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि धेरै प्रयासहरु भएको बताउनुभयो । जिल्लाका स्थानीय तहहरुमा राष्ट्रपनि रनिङ सिल्ड, जिल्ला स्तरमा समेत खेलकुदका विभिन्न गतिविधिहरु भएको बताउनुभयो । उहाँ स्थानीय सरकोराको तर्फबाट समेत खेल क्षेत्रमा सक्दो लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले खेल क्षेत्रको विकास र विस्तार आवश्यक रहेको भनाई राख्नुभएको थियो । सबैले हातेमालो गरेर जिल्ला स्तरमा खेल क्षेत्रलाई एउटा उचाईमा पु¥याउनुपर्ने भनाई थियो । खेलले राष्ट्रलाई चिनाउने भएकाले खेल क्षेत्रमा राष्ट्रको लगानी आवश्यक रहेको उल्लेख गरेका थिए ।

अधिवेशनबाट हिमाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्