मालश्री खबर, असोज ०४ रोल्पा । नेपाली कांग्रेस सुनिलस्मृति गाउँपालिका–५, गजुल काभ्रामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले वडा कार्यसमितिका पदाधिकारी तथा विभिन्न तहका प्रतिनिधिहरूलाई निर्विरोध निर्वाचित गरेको छ। अधिवेशनबाट शुकलाल थापा वडा सभापतिमा निर्वाचित हुनुभएको छ। त्यस्तै उपसभापति लोकेन्द्र थापा, युवती थापा, भविन्द्र पुन सचिव, पहलसिंह सहसचिव पदमा चयन हुनुभएको छ।

कोषाध्यक्ष भने नेपाली कांग्रेसको विधानअनुसार मनोनित गरिने जनाइएको छ। बाँकी सदस्यहरू वडा कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने बताइएको छ। सदस्य महिला अनिता रोका, पुनम घर्ती युवा सदस्य तथा खुला सदस्यतर्फ खुमबहादुर घर्ती, सन्तोषकुमार बिष्ट, कर्मसिंह पुन मगर र वीरबहादुर घर्ती निर्वाचित हुनुभएको छ। त्यस्तै क्षेत्रीय प्रतिनिधितर्फ महिला तर्फमा तिजा बिष्ट, अनिता रोका र चित्राकुमारी थापा तथा खुलातर्फ कविता उपाध्याय, धनश्याम पुन, भविन्द्र पुन, कलबहादुर घर्ती मगर र लोकेन्द्र थापा निर्विरोध निर्वाचित हुनुभएको छ।

पेशागत विषय विज्ञतर्फ अविमानसिंह घर्ती, ३५ वर्षमुनिका युवातर्फ महिला युवती घर्ती मगर, खुल्लामा शेरबहादुर राना र रविन्द्र पुन चयन हुनुभएको छ। समानुपातिक प्रतिनिधितर्फ आदिवासी जनजातिमा बिरबहादुर घर्ती र पहलसिं पुन, खसआर्यतर्फ भीमप्रकाश थापा, धनबहादुर थापा र रुद्रबहादुर बिष्ट, द्वन्द्व प्रभाविततर्फ कान्तप्रसाद श्रेष्ठ र कर्मसिं पुन तथा श्रमिकतर्फ दिलबहादुर घर्ती मगर निर्विरोध निर्वाचित हुनुभएको जनाइएको छ। वडा सभापति शुकलाल थापाको अध्यक्षतामा सम्पन्न अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस रोल्पाकी जिल्ला उपसभापति कविता उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो। निर्वाचन अधिकृत दिपा महराले अधिवेशनबाट सबै पदमा निर्विरोध रूपमा नेतृत्व चयन भएको जानकारी दिनुभएको छ। अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।






प्रतिक्रिया दिनुहोस्