Ad image

रोल्पा अस्पतालमा पहिलो पटक घुँडाको शल्यक्रिया

malashree
malashree २६ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

रोल्पा,२६ भाद्र । रोल्पा अस्पतालमा पहिलो पटक घुँडाको सेप्टिक आथ्र्राइटिसको सफल शल्यक्रिया गरेको छ । घुँडाको जोर्नीमा समस्या भएको बिरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

घुँडामा अत्याधिक सुन्निएको र दुखेको अवस्थामा बिरामीको परीक्षण गरी सम्भावना देखिएपछि शल्याक्रिया गरिएको थियो । सल्यक्रियामा रोल्पा अस्पतालका एमडिजिपि डाक्टर प्रदिप चालिसे, अनेस्थेसिया असिस्टेन्ट डाक्टर अमित अधिकारी, एनेस्थेसिया बालकुमारी रानामगर र सरस्वती घर्तिमगर लगायत चिकित्सको संलग्नतामा गरिएको अस्पतालले जनाएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्