Ad image

कांग्रेसको १५औँ महाधिवेशनमा क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने गणेश पुनको घोषणा

malashree
malashree २६ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

रोल्पा,२६ भाद्र । नेपाली कांग्रेसका एक सक्रिय, लामो समयदेखि पार्टी राजनीतिमा क्रियाशील नेता गणेश पुनले नेपाली कांग्रेस पार्टीको आगामी १५औँ महाधिवेशनमा रोल्पाको प्रदेश सभा ‘क’ क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

लुङ्ग्री गाउँपालिका १ पाङका वडाध्यक्ष समेत रहनुभएका पुनले सामाजिक संजाल फेसबुकमा आगामी अधिवेशनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने जानकारी गराउनुभएको हो । करिब १८ वर्षदेखि पार्टी राजनीतिमा सक्रिय रहेको बताउँदै उहाँले यसअघि गाविस सभापति तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेको उल्लेख गरेका गर्नुभएको छ । बाह्रौँ महाधिवेशनदेखि निरन्तर क्षेत्रीय प्रतिनिधिका रूपमा सहभागी हुँदै आएको उहाँको भनाइ छ।

क्षेत्रीय सभापतिमा उम्मेदवारी दिनुको उद्देश्य पद प्राप्तिभन्दा संगठनलाई चलायमान बनाउने, गाउँ केन्द्रित राजनीति गर्ने, कार्यकर्तासँग नजिक हुने र बीपी कोइरालाको समाजवादलाई व्यवहारमा लागू गर्ने उहाँको भनाइ छ  ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्