Ad image

जलजला बहुमुखी क्याम्पसद्वारा बाढीपीडितलाई सहयोगको घोषणा

malashree
malashree २२ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

मालश्री खबर भाद्र २२ रोल्पा

राष्ट्रिय शोक दिवसका अवसरमा रोल्पाको लिबाङस्थित जलजला बहुमुखी क्याम्पसले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा आयोजना सम्पन्न गरेको छ ।

क्याम्पस परिसरमा राष्ट्रिय झण्डा आधा झुकाएर प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरूले एक मिनेट मौनधारण गरेका हुन्। शोकसभामा बोल्दै क्याम्पस प्रमुख श्यामबहादुर बुढाले विपद्का बेला सबै एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताउनुभयो।

सोही अवसरमा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा प्रशासनका तर्फबाट संकलित १ लाख ८२ हजार १ सय ४७ रुपैयाँ बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरिएको छ। उक्त रकम विश्वविद्यालयमार्फत नेपाल सरकारको राहत कोषमा पठाइने क्याम्पसले जनाएको छ।

- Advertisement -
Ad image

मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जलजला बहुमुखी क्याम्पस रोल्पाको पुरानो अर्थात् जेठो क्याम्पसका रूपमा रहेको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्