Ad image

स्वर्गद्वारीमा बालबालिकाका लागि स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

malashree
malashree २२ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र २२ रोल्पा । प्यूठानको स्वर्गद्वारी नगरपालिका क्षेत्रमा रहेका १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाका लागि भोलि भाद्र २३ गते मंगलबार भिंग्री आयुर्वेद औषधालय चिरावारीमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन हुने भएको छ।

विगतमा जिल्लाभरका बालबालिकाका लागि खलंगामा मात्र कार्यक्रम सञ्चालन हुँदा स्वर्गद्वारीका दुर्गम क्षेत्रका अभिभावकलाई साना बालबालिका लिएर खलंगासम्म पुग्न कठिनाइ हुने गरेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै स्वर्गद्वारी नगरपालिकाको पहलमा नगरपालिका स्तरमै कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

बालबालिकाको स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता तथा शारीरिक एवं मानसिक विकासका लागि कार्यक्रम महत्त्वपूर्ण हुने भएकाले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई खाली पेटमा कार्यक्रममा सहभागी गराउन अनुरोध गरिएको छ।

साथै आगामी दिनमा माथिल्लो तथा दुर्गम बस्तीमै पुगेर बालबालिका र अभिभावकलाई सहज हुने गरी यस्ता कार्यक्रम सञ्चालन गर्ने उपाय पहिचान गरी अघि बढ्न स्वास्थ्यकर्मीहरूलाई समेत अनुरोध गरिएको छ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्