रोल्पा, १० भाद्र । रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति रोल्पा जिल्ला तेक्वान्दो संघले गहिरो दुःख व्यक्त गरेको छ । संघले एक शोक तथा समवेदना वक्तव्य जारी गर्दै बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो । साथै, मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद् घडीमा शोकसन्तप्त परिवार तथा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाएको छ ।
संघले बाढीबाट प्रभावित, घाइते तथा विस्थापित नागरिकहरूको शीघ्र उद्धार, उपचार तथा सुरक्षित पुनःस्थापनाको कामना गरेको छ । विपत्तिका कारण बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य शीघ्र सफल होस् भन्ने कामनासमेत संघले गरेको छ ।
प्राकृतिक विपत्तिले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको भन्दै संघले प्रभावित नागरिकको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको हो । संघले विपत्तिको यस कठिन समयमा सबै पक्षबाट उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।
रोल्पा जिल्ला तेक्वान्दो संघ परिवारले शोकाकुल परिवारजनमा हार्दिक समवेदना तथा मृतात्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।






प्रतिक्रिया दिनुहोस्