मालश्री खबर, भाद्र २१ रोल्पा । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप रोल्पा जिल्लामा यही भदौ २४, २५ र २६ गते सञ्चालन हुने भएको छ। खोप अभियानअन्तर्गत जिल्लाभरका २ हजार ३७९ जना किशोरीहरूलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ मा पढ्ने छात्राहरू तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिने स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतले जानकारी दिनुभएको छ।
सरकारले पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्ममा निवारण गर्ने उद्देश्यका साथ हरेक वर्ष किशोरीहरूलाई एचपीभी खोप प्रदान गर्दै आएको छ। रोल्पामा आर्थिक वर्ष २०८१र८२ मा अभियान तथा नियमित खोप कार्यक्रमअन्तर्गत १२ हजार ७७९ जनालाई खोप प्रदान गरिएको थियो भने गत आर्थिक वर्ष २०८२र८३ मा २ हजार ५५६ जना किशोरीले खोप प्राप्त गरेका थिए।
खोप कार्यक्रम सफल बनाउन सम्बन्धित सबै किशोरी, अभिभावक, विद्यालय तथा सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि स्वास्थ्य कार्यालय रोल्पाले आग्रह गरेको छ।





प्रतिक्रिया दिनुहोस्