Ad image

होटल व्यवसायी संघद्वारा राहत वितरण

malashree
malashree १७ भाद्र २०८३, बुधबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १७ रोल्पा ।  रोल्पा होटल व्यवसायी संघ लिवाङको आयोजनामा थबाङ गाउँपालिका–५, कोतलबारा बाढीपीडितका लागि राहत संकलन तथा वितरण कार्यक्रम सम्पन्न भएको छ।

संघले विभिन्न स्थानबाट संकलन भएको रकमबाट बाढी तथा विपद् प्रभावित परिवारलाई राहत वितरण गरेको हो। सहयोगी दाताहरूबाट रु. १ लाख ८० हजार ४५५, रोल्पा नगरपालिका–२ मूलपानी सांस्कृतिक समूहबाट रु. ५ हजार र होटल व्यवसायी संघको तर्फबाट रु. १८ हजार १० गरी कुल रु. २ लाख ३ हजार ४६५ संकलन तथा खर्च भएको जनाइएको छ।

संकलित रकममध्ये लुङ्ग्री गाउँपालिका–५ सर्केनाका लागि रु. ३४ हजार ६५५, सुनछहरी गाउँपालिका–२ भित्रीगामका लागि रु. ५९ हजार ९२० र थबाङ गाउँपालिका–५ कोतलबाराका बाढीपीडितका लागि रु. १ लाख राहतस्वरूप वितरण गरिएको छ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्