Ad image

पाठेघरको क्यान्सर सम्बन्धि शिविर सम्पन्न

malashree
malashree ७ भाद्र २०८३, आईतवार
1 Min Read
Aa

रोल्पा,०७ भाद्र । रोल्पामा पाठेघरको मुखको क्यान्सर विरुद्धको बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोल्पाली चेली फाउण्डेशन र भक्तपुर इन्टरनेहनल अस्पिटलको सहकार्यमा रोल्पाको सदरमुकाम लिबाङ बजार स्थित लिबाङ स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको हो ।

शिविरमा भक्तपुर इन्टरनेशनल हस्पिटलकी वरिष्ठ चिकित्सक डाक्टर अनुषा शर्मासँगै विशेषज्ञ चिकित्सकहरुको टोलीद्वारा सेवा प्रदान गरिएको थियो ।

शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परीक्षण, परामर्श तथा स्वास्थ्य सेवा प्रदान गरिनुका साथै निशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । एकदिने शिविरमा करिब पाँच सय भन्दा बढीले सेवा लिएको जानकारी आयोजकले जानकारी दिएको छ ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्