Ad image

रोल्पामा पहिरोले घर पुरिँदा वृद्धाको मृत्यु, उद्धार कार्य जारी

malashree
malashree ३१ श्रावण २०८३, आईतवार
1 Min Read
Aa

मालश्री खबर, ३१ साउन, रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा एक वृद्धाको मृत्यु भएको छ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा स्थानीय ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।
प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट अचानक पहिरो खसेर घर पुरिएको थियो। पहिरोमा पुरिनुभएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा उद्धार टोलीले फेला पारेको थियो।
घटनाबारे आइतबार बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौरमा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएको घरबाट शव निकाल्ने तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

malashree

प्रतिक्रिया दिनुहोस्