Ad image

रोल्पा घटना प्रति कांग्रेस लुम्बिनी सभापति पुनद्वारा श्रद्धाञ्जली

malashree
malashree ३१ श्रावण २०८३, आईतवार
1 Min Read
Aa

रोल्पा , ३१ साउन । रोल्पाका दुई स्थानमा गएको पहिरोमा परी १६ जना नागरिकको ज्यान गएको घटनाप्रति नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्नुभएको छ।

सभापति पुनले थवाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा परी १२ जना र सुनछहरी गाउँपालिका–२, फलबाङमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको घटनाले आफूलाई अत्यन्तै मर्माहत बनाएको बताउनुभएको छ। उहाँले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ।

पुनले पहिरोमा परी अझै बेपत्ता रहेकाहरूको खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। साथै, सम्भावित जोखिममा रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ छ।

उहाँले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई मानवीय सहयोग, राहत सामग्री, सुरक्षित आश्रय तथा मनोवैज्ञानिक सहारा उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ।

सरकार, सामाजिक संघसंस्था, दाता तथा आम नागरिकले हातेमालो गर्दै पीडित परिवारको दुःख कम गर्न अग्रसर हुनुपर्ने सभापति पुनले बताउनुभएको छ। प्रकृतिको प्रहारबाट सिर्जित संकटमा मानवीय एकता र सहयोग नै सबैभन्दा ठूलो शक्ति हुने उहाँको भनाइ छ।

- Advertisement -
Ad image

सभापति पुनले पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको सुरक्षित उद्धारका लागि समेत शुभेच्छा व्यक्त गर्नुभएको छ।

malashree

प्रतिक्रिया दिनुहोस्