रोल्पा,३० साउन । थबाङ गाउँपालिका ५ कोटलबारा पहिरो पिडितका लागि आइएनएफ नेपाल रोल्पाले राहत सामग्री प्रदान गरेको छ । पहिरोमा परेका सात घरधुरीलाई एक लाख ५० हजार बराबरको खाद्यन्न, लत्ताकपडा, भाँडाकुडा लगाय सामग्री प्रदान गरिएको आइएनएफ रोल्पा शाखाका कर्मचारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । उनका अनुसार पिडितलाई तत्काल आवश्यक रहेका सामग्रीहरु प्रदान गरिएको छ ।
पहिरोमा परी १२ जनाको मृत्यु, १ जना अझै बेपत्ताः
बुधबार गएको पहिरोमा परी थबाङ गाउँपालिका ५ उवा स्थित कोटलबारा हालसम्म १२ जनाको शव भेटिएको छ । यस घटनाका अझै १ जना बेपत्ता छन् । बेपत्ता हुनेमा सोही ठेगनाका ९ वर्षिय असिम पुनमगर रहेका छन् । पहिरोमा परेर दुई जना घाइते छन् । पहिरोमा परी घाइते भएका थबाङ गाउँपालिका ५ का २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्ती मगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
घटनामा परी मृत्यु हुने १२ जना मध्ये ५ जनाको शव घटनास्थल वरपरको क्षेत्रमा भेटिएको थियो । घटनास्थल वरपर थबाङ गाउँपालिका ५ कोटलबाराका १८ वर्षिया शान्ती पुन मगर, ६० वर्षिय कमल बहादुर पुन मगर, ७५ वर्षिय दल बहादुर पुन मगर, ८० वर्षिया मनखना पुन मगर र ८५ वर्षिया हस्तकला रोका मगरको शव भेटिएको थियो ।
भने प्यूठान जिल्ला स्थित नदी किनारमा फेला परेका हरु थबाङ गाउँपालिका ५ का ३८ वर्षिया जुन कुमारी पुन मगर (विष्णु पुन), ५ वर्षिय अशोक पुन मगर, ८० वर्षिय बल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षिय महेन्द्र घर्ति र ८० वर्षिय अजम्बर पुन मगर रहेका छन् । ६१ वर्षिय लिल बहादुर पुन मगरको सुलिचौर बजार स्थित लुङ्ग्री खोलाको किनारमा अंग(पैताला) फेला परि सनाखत गरिएको छ । पहिरोका कारण ९ वटा घर, १ घुम्ति पसल, २ वटा गोठ र १ वटा चर्च गरी जम्मा १३ वटा संरचना बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्