Ad image

कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, अझै १ जना बेपत्ता

malashree
malashree ३० श्रावण २०८३, शनिबार
2 Min Read
Aa

भरत विश्वकर्मा
रोल्पा,३० साउन । रोल्पाको थबाङ गाउँपालिका ५ उवाकोकोटलबारामा भएको गएको पहिरोमा परी बेपत्ता भएका मध्ये एक व्यक्तिको शव प्यूठानको सरुमारानी गाउँपालिका २ ददेरि स्थित राप्ति नदीको बिच भागमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार बिहान १० बजेको समयमा ८० वर्षिय अजम्बर पुन मगरको शव प्रहरीले सो स्थानमा फेला पारेको हो । उनको शव उनका भतिज नाता पर्ने सुशिल पुनले सनाखत गरेका हुन् ।

बुधबार गएको पहिरोमा परी हालसम्म १२ जनाको शव भेटिएको रोल्पा प्रहरीका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अझै १ जना बेपत्ता छन् । बेपत्ता हुनेमा सोही ठेगनाका ९ वर्षिय असिम पुनमगर रहेका छन् । पहिरोमा परेर दुई जना घाइते छन् । पहिरोमा परी घाइते भएका थबाङ गाउँपालिका ५ का २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्ती मगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

घटनामा परी मृत्यु हुने १२ जना मध्ये ५ जनाको शव घटनास्थल वरपरको क्षेत्रमा भेटिएको थियो । घटनास्थल वरपर थबाङ गाउँपालिका ५ कोटलबाराका १८ वर्षिया शान्ती पुन मगर, ६० वर्षिय कमल बहादुर पुन मगर, ७५ वर्षिय दल बहादुर पुन मगर, ८० वर्षिया मनखना पुन मगर र ८५ वर्षिया हस्तकला रोका मगरको शव भेटिएको थियो ।

- Advertisement -
Ad image

भने प्यूठान जिल्ला स्थित नदी किनारमा फेला परेका हरु थबाङ गाउँपालिका ५ का ३८ वर्षिया जुन कुमारी पुन मगर (विष्णु पुन), ५ वर्षिय अशोक पुन मगर, ८० वर्षिय बल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षिय महेन्द्र घर्ति र ८० वर्षिय अजम्बर पुन मगर रहेका छन् । ६१ वर्षिय लिल बहादुर पुन मगरको सुलिचौर बजार स्थित लुङ्ग्री खोलाको किनारमा अंग(पैताला) फेला परि सनाखत गरिएको छ ।

पहिरोका कारण ९ वटा घर, १ घुम्ति पसल, २ वटा गोठ र १ वटा चर्च गरी जम्मा १३ वटा संर चना बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्