Ad image

तेवाङमा तीज नाचमा रोक, राति नाचगान र होहल्ला गर्न नपाइने

malashree
malashree २९ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, २९ साउन, रोल्पा । सुनिलस्मृति गाउँपालिका–७ तेवाङ वडा कार्यालयले रातिको समयमा सञ्चालन गरिने तीज नाच तथा नाचगानका कार्यक्रम रोक्न सूचना जारी गरेको छ।

वडा कार्यालयले जारी गरेको सूचनामा तीज पर्वका अवसरमा वडा क्षेत्रभित्र रातको समयमा नाचगान गर्ने तथा ठूलो आवाजमा बाजागाजा बजाउने गर्दा विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पर्ने, साथै सामाजिक विकृति तथा विसंगति फैलिन सक्ने भन्दै यस्तो गतिविधिमा रोक लगाइएको उल्लेख छ।

सूचनामा स्थानीय समुदाय, विद्यालय तथा विद्यार्थीको अध्ययनमा असर नपर्ने गरी तीज लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। साथै सूचनाको अवज्ञा गरी रातिको समयमा नाचगान तथा कार्यक्रम सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।

- Advertisement -
Ad image

वडा कार्यालयले स्थानीय संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक अनुशासन, विद्यार्थीको अध्ययन र शान्तिपूर्ण वातावरण कायम गर्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

malashree

प्रतिक्रिया दिनुहोस्