Ad image

रोल्पाको सुनछहरी पहिरोमा परी ४ जनाको मृत्यु 

malashree
malashree २९ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

रोल्पा,२९ साउन। सुनछहरी गाउँपालिका-२ मा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । सुनछहरी गाँउपालिका-२ फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्ती मगर,६८ वर्षीया शनि घर्ती मगर,७० वर्षीया लली घर्तीमगर र सुनछहरी गाउँपालिका-२ गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

गएरात्री अविरल वर्षाका कारण सुनछहरी गाँउपालिका-२ फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्ती मगर र सुनछहरी गाउँपालिका-२ गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्तीमगरको घर माथीबाट आएको पहिरोले पुरेको थियोे ।

malashree

प्रतिक्रिया दिनुहोस्