Ad image

सुनिलस्मृति गाउँपालिकाले भारी वर्षा र बाढीपहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह

malashree
malashree २९ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, २९ साउन, रोल्पा । सुनिलस्मृति गाउँपालिकाले आगामी दिनमा हुनसक्ने भारी वर्षा, बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै पालिकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले जारी गरेको सूचनाअनुसार मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा साउन २९ गतेदेखि ३१ गतेसम्म लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

निरन्तर वर्षा भइरहेको र आगामी दिनमा समेत वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाभित्र बाढी, पहिरो, डुबान, भू–क्षय लगायतका विपद्को जोखिमबाट सुरक्षित रहन पालिकावासीलाई उच्च सतर्कता अपनाउन समितिले अनुरोध गरेको हो।

May be an illustration of text

- Advertisement -
Ad image

वर्षात्का समयमा नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने भएकाले जोखिमयुक्त स्थानमा नजान, नदी–खोलाको किनारमा नबस्न तथा सम्भावित विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन गाउँपालिकाले आग्रह गरेको छ।

साथै, विपद्को अवस्था देखिएमा गाउँपालिका, वडा कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ।

गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक मणिराम बुढाथोकीद्वारा जारी सूचनामा पालिकावासीको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि सबैलाई सचेत रहन आग्रह गरिएको छ। गाउँपालिकाको आधिकारिक वेबसाइटमा पनि सूचना तथा समाचारहरू नियमित रूपमा प्रकाशित हुँदै आएका छन्।

malashree

प्रतिक्रिया दिनुहोस्