Ad image

सुनछहरीमा पहिरोले पुरिएर तीन जनाको मृत्यु

malashree
malashree २९ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, २९ साउन, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जनाको मृत्यु भएको पुष्टि भएको छ।

अविरल वर्षापछि गएको पहिरोले स्थानीय वीरु घर्ती मगरको घर पूर्णरूपमा पुरिएको थियो। प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले खोजी गर्ने क्रममा आज बिहान ११ः३० बजे घरधनीसहित तीन जनालाई मृत अवस्थामा फेला पारेको हो।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ फलबाङ निवासी ७७ वर्षीय वीरु घर्ती मगर, उनकी श्रीमती ६८ वर्षीया सनी घर्ती मगर र छिमेकी ७० वर्षीया लली घर्ती मगर रहेका छन्।

 

- Advertisement -
Ad image

प्रहरीका अनुसार अविरल वर्षाका कारण राति घरमाथिबाट पहिरो खसेपछि तीनै जना घरभित्रै पुरिएका थिए। घटनास्थलमा प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा खोजी कार्य गरिएको थियो।

यसअघि प्रहरीले तीन जना बेपत्ता भएको जानकारी दिएको थियो। खोजीका क्रममा तीनै जनाको शव फेला परेसँगै घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो।

यसैबीच, सुनछहरी गाउँपालिका–२ कै मङरारु (गिट्ठे)का  लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको जानकारी प्राप्त भएको छ। उक्त घटनाबारे थप विवरण तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

malashree

प्रतिक्रिया दिनुहोस्