मालश्री खबर, साउन २८रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, उवा कोटलबारामा श्रावण २७ गते गएको पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सुनिलस्मृति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
पहिरोमा परी ८ घर र १ गोठ पुरिँदा ३ जनाको मृत्यु, २ जना घाइते र ८ जना बेपत्ता भएको घटनाले आफूहरू अत्यन्त दुःखित भएको गाउँपालिकाले जनाएको छ।
सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग अपिल गरिएको छ।
गाउँपालिकाले विपद्को यस दुःखद घडीमा पीडित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै खोजी, उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय र सहयोगका लागि समेत आग्रह गरेको छ।
सुनिलस्मृति गाउँपालिकाले २८ श्रावण २०८३ मा जारी गरेको शोक वक्तव्यमा अध्यक्ष बुढाथोकीसहित सम्पूर्ण गाउँपालिका परिवारले घटनाप्रति दुःख व्यक्त गरेका हुन्।






प्रतिक्रिया दिनुहोस्