Ad image

त्रिपालिका स्तरीय फार्मेसी सञ्चालन समितिको बैठक सम्पन्न

malashree
malashree २६ श्रावण २०८३, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, २६ साउन, रोल्पा ।  सुनिलस्मृति गाउँपालिकामा त्रिपालिका स्तरीय फार्मेसी सञ्चालन समितिको बैठक सम्पन्न भएको छ। स्थानीय तहबीच स्वास्थ्य क्षेत्रमा समन्वय, सहकार्य तथा औषधि व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले बैठक बसेको हो।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुन तथा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो।

May be an image of one or more people, people studying, childrens toy and text
बैठकमा त्रिपालिका स्तरीय फार्मेसी सञ्चालनलाई व्यवस्थित बनाउने, आवश्यक औषधिको सहज उपलब्धता तथा व्यवस्थापन गर्ने र नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा छलफल भएको थियो।

त्यस्तै, तीनवटै पालिकाबीच स्वास्थ्य क्षेत्रमा समन्वय, सहकार्य तथा अनुभव आदान–प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
बैठकले स्थानीय तहमा औषधि तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई थप व्यवस्थित गर्दै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people, people studying and text

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्