रोल्पा,२३ साउन । रोल्पाको त्रिवेणी गाउँपालिका ६ खारखोलामा डबल क्याप जिप दुर्घटना भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दुमलातर्फ आउदै गरेको ग १ ज ४४९४ नम्बरको जिप उकालो चढ्ने क्रममा दुर्घटना भई ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जिप सडकबाट करिब १० मिटर तल बारीमा खसेको मालश्री खबरलाई जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्