Ad image

रोल्पा नगरपालिकामा ‘गुलाफ सहर’ अभियानको शुभारम्भ

malashree
malashree २१ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, साउन २१ रोल्पा । रोल्पा नगरपालिकालाई ‘गुलाफ सहर’ का रुपमा विकास गर्ने लक्ष्यसहित बिहीबार ‘गुलाफ सहर’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ । सन स्टार युवा क्लव रोल्पाको आयोजना, रोल्पा नगरपालिका–४ चब शिवालय टोल विकास समितिको सहकार्यमा शिवालय टोलको मुख्य सडक आसपास गुलाफका विरुवा रोपेर अभियान सुरु गरिएको हो ।

नगर उपप्रमुख गीता आचार्यको नेतृत्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्वमेयर तथा सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसी, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, वडा नम्बर–२ का अध्यक्ष प्रकाश डाँगी, क्लबका पदाधिकारी, खेलाडी स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख आचार्यले नगरलाई सुन्दर, स्वस्थ्य र हरियालीयुक्त बनाउन सबै नगरवासीको सहभागिता आवश्यक रहेको बताउँदै घरआँगन, सडक किनारा र सार्वजनिक स्थलमा गुलाफ रोप्न आग्रह गर्नुभयो ।

यस्तै पूर्वमेयर पूर्ण केसीले अभियानले नगरको सौन्दर्यसँगै वातावरण संरक्षण र सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले नगरपालिकाले अभियानलाई आवश्यक प्राविधिक सहयोग तथा विरुवा व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने बताउनुभयो । वडा अध्यक्षा प्रकाश डाँगीले प्रत्येक नागरिकले कम्तीमा एक विरुवा रोपेर संरक्षण गर्न सके नगरको स्वरुप परिवर्तन हुन सक्ने धारणा राख्नुभयो ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्