मालश्री खबर, साउन १३ रोल्पा । रोल्पामा व्यावसायहरुको आय विवरण कर संकलनको काम घुम्ति सेवा मार्फत हुने भएको छ ।
उद्योग वाणिज्य संघ रोल्पाको आयोजना तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ र कोष तथा लेखा नियन्त्रक कार्यालय लिबाङ रोल्पाको समन्वयमा जिल्लामा व्यावसाय सञ्चालन गरिरहेका व्यावसायिहरुको सुविधाका लागि घुम्ति सेवाका रुपमा कर संकलन गरिने भएको छ ।
सोही अवसरमा उद्योग वाणिज्य संघको सदस्यता दर्ता एवं नविकरणको कार्य पनि गरिने उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न स्थानमा साउन १४ गतेदेखि १७ गतेसम्म कर संकलनको काम गरिने छ ।
जस अन्तर्गत साउनको १४ र १५ गतेका दिन रोल्पा नगरपालिका भित्रका व्यावसायीहरुका लागि लिबाङ बजार, साउन १५ र १६ गते सुनिलस्मृति गाउँपालिका र लुङ्ग्री गाउँपालिका भित्रका व्यावसायिहरुका लागि सुलिचौर बजार, साउन १६ गते परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिकाका व्यावसायिहरुका लागि बागमारा र दुईखोली बजारमा र त्रिवेणी गाउँपालिकाका व्यावसायीहरुका लागि जुगार बजारमा कर संकलनको काम गरिने भएको छ ।
साउन १७ गतेका दिन माडी गाउँपालिका र गंगादेव गाउँपालिकाका व्यावसायिहरुका लागि घर्तिगाउँ बजारमा, सुनछहरी गाउँपालिकाका व्यावसायिहरुका लागि पोबाङ बजारमा र रुन्टीगढी गाउँपालिकाका उद्योगी व्यावसायीहरुका लागि होलेरी बजारमा कर संकलन गरिने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्