मालश्री खबर
रोल्पा,१२ साउन । लुङ्ग्री गाँउपालिका १ र ५ जोड्ने लालुबाङ बौज्याङखोला बेलिव्रिजको उद्धघाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि उक्त बेलिव्रिजको गाँउपालिका अध्यक्ष भरत कुमार थापाले उद्धघाटन गर्नुभएको हो । लालुबाङ बौज्याङखोलामा बेलिव्रिज निर्माण भएसँगै अब पाङबासीका लागि यातायातमा सहज भएको छ ।
पहिले खोलामा पुल नहुँदा बर्षादको समयमा यातायात मार्फत वारपार गर्नको लागि पुर्ण रुपमा अबरुद्ध हुने गथ्र्यो र हिँउदको समयमा पनि खोलामा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता हिजोको त्यो अनुभव सुनाउदैं केही स्थानीयहरुले अव पुल बने सँगै आफुहरुलाई यात्रा गर्न सजिलो भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।
पुलको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष भरत कुमार थापाले लालुबाङ बोज्याङखोलामा पुल निमार्ण गरेर पाङ बासी नागरिकहरुलाई सहज रुपमा यात्रा गराउने सपना लामो समय पछि पुरा भएको भन्दै खुशी ब्यक्त गर्नु भयो । लालुबाङ बोज्याङखोलामा पुल निर्माणको लागि आफुहरु कर्यौ पटक संघिय सरकार र प्रदेश सरकारको ढोका धाएर लिएको बजेत समेत कार्यान्वयन हुन नसक्दा खोलामा पुल बनाउने आफुहरुको सपना लामो समय देखी पुरा नभएको बताउनु भयो । पछि गाउँ कार्यपालिकामा आफुले बेलिव्रिज बनाउने प्रस्ताब राखेर लामो छलफल पछि अन्तःत थुप्रै अप्ठ्यरा बाटाहरुलाई पन्छाउँदै यसरी बेलिव्रिज निमार्ण गर्न सम्भव भएको बताउनु भयो । अध्यक्ष थापाले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनी, बिभिन्न क्षेत्रबाट सहयोग गर्ने स्थानीय नागरिक, जनप्रतिनिधी र बेलिव्र्रिज निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।
बेलिव्रिज निर्माणको जिम्मा त्रिपुरेश्वरी निर्माण सेवा सुनिलस्मृती गाँउपालिका २ खुङ्ग्री रोल्पाले पाएको थियो । बेलिव्रिज निर्माणको लागि २ करोडमा टेन्डर भएको भए पनि घटेर त्रिपुरेश्वरी निर्माण सेवा सुनिलस्मृती गाँउपालिका २ खुङ्ग्री रोल्पाले १ करोड ३६ लाख रुपैयामा काम गर्ने जिम्मा लिएको थियो ।

पहिलो २०८३ असार २३ भित्र काम सम्पन्न गर्ने गरि जिम्मा पाएको निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा एक महिना थप गरेर साउन २३ गते भित्र काम सक्ने गरि म्याद थप गरिएको थियो । थपिएको म्याद भन्दा केही हप्ता अगाडी काम सम्पन्न गरेर निर्माण कम्पनीले साउन ११ गते औपचारीक रुपमा बेलिव्रिज स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा लुङ्ग्री गाँउपालिका उपाध्यक्ष दिल कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अनिल रिजाल, वडा न. १ का वडा अध्यक्ष गणेश पुन, निर्माण कम्पनी त्रिपुरेश्वरी निर्माण सेवाका प्रतिनिधी सत्यमान गुरुङ, नेपाली कांग्रेस लुङ्ग्री गाँउपालिका उपसभापति मोती पुन (मदन) र नेकपा प्रतिनिधी खिम बहादुर केसी लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।
शुभकामना मन्तब्यका क्रममा बोल्ने बक्ताहरुले नागरिकहरुको खोलामा पुल मार्फत वारपार गर्ने लामो समय देखीको सपना स्थानीय सरकारले पुरा गर्न सकेको भन्दै सरकारलाई धन्यवाद दिएको छन् ।
लुङ्ग्री गाँउपालिका वडा न. ५ का वडा अध्यक्ष रिखमान रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लुङ्ग्री गाँउपालिका रोजगार शाखा संयोजक सुन्दर बहादुर घर्तिमगरले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा समयमै काम सम्पन्न गरेको भन्दै निर्माण कम्पनी त्रिपुरेश्वरी निर्माण सेवा सुनिलस्मृती गाँउपालिका २ खुङ्ग्री रोल्पालाई सम्मान पत्रद्धारा गाउँपालिकाले सम्मान समेत गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्